काठमाडौँ, भदौ १९ गते । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको विषम तथा शोकाकुल स्थितिलाई ध्यानमा राख्दै भदौ महिनामा प्रदर्शनको तयारीमा रहेका विभिन्न नेपाली चलचित्रहरूको प्रदर्शन स्थगित गरिएको छ। विपत्को समयमा मनोरञ्जनात्मक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु र प्रचार-प्रसारका कार्यक्रम चलाउनु उपयुक्त नहुने भन्दै निर्माण पक्षले प्रदर्शन मिति पछि सारेका हुन्:
‘बाः एक योद्धा’: भदौ १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र अब आउँदो मङ्सिर २४ गते देखि प्रदर्शन हुनेछ। साथै निर्माण पक्षले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु २ लाख १ हजार सहयोगसमेत गरेको छ।
‘ककाकिकी’: भदौ १९ गते प्रदर्शन तय भएको बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको यो हास्य-प्रधान चलचित्र अब मङ्सिर ११ गते मात्र प्रदर्शनमा आउनेछ।
‘माया भनेकै यस्तो होला’: रेखा थापाद्वारा निर्देशित तथा भदौ २६ गतेका लागि तय भएको यो चलचित्र अब तिहारको अवसर पारेर कात्तिक २० गते प्रदर्शन गरिनेछ।
सबै निर्माण टोलीहरूले देश शोकमा रहेका बेला मानवीय संवेदनाको कदर गर्दै चलचित्रका सम्पूर्ण प्रचारप्रसार गतिविधिहरूसमेत हाललाई रोकेको जनाएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































