

काठमाडौँ, भदौ १८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार भोटेकोशी र त्रिशूली नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको जनाएको छ। भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने जलविज्ञहरूले चेतावनी दिएका छन्।
महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार नदी तथा खोला आसपासका बासिन्दाहरूलाई सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैगरी, उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, मकवानपुर, चितवन, गोरखा, मनाङ, मुस्ताङ र कास्की लगायतका पहाडी तथा हिमाली जिल्लाका स–साना नदीहरूमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, जुम्ला, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला र कञ्चनपुर लगायतका जिल्लाहरूका खोला तथा स–साना नदीहरूमा समेत बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले देशभरका अधिकांश साना-ठुला नदी क्षेत्रमा पूर्वसावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























