09/04/2026, 10:34:42
शुक्रबार, भदौ १९, २०८३

एनभिडियाद्वारा नेपाललाई एक करोड डलर सहयोग, प्रधानमन्त्री कोषमा सङ्कलन १० अर्ब नाघ्यो


काठमाडौँ, भदौ १९ गते । विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले भोटेकोशी बाढी प्रभावितका लागि नेपाललाई एक करोड अमेरिकी डलर (रु १ अर्ब ५२ करोडभन्दा बढी) सहयोग गर्नुभएको छ। व्यक्तिगत तथा संस्थागत रूपमा प्राप्त सहयोगमध्ये यो हालसम्मकै सबैभन्दा ठुलो रकम हो।

रसुवा, नुवाकोट र धादिङका बाढी-पहिरो प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनभिडियामा कार्यरत नेपाली अधिकारी अशोक पाण्डे र आरती न्यौपानेसहितको पहलमा यो सहयोग जुटाइएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल सरकारका तर्फबाट एनभिडियालाई धन्यवाद दिँदै यो सहयोग अरूका लागि पनि प्रेरणाको स्रोत बन्ने बताउनुभएको छ। यस सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल सङ्कलन १० अर्ब रुपियाँभन्दा बढी पुगेको छ, जसमध्ये तत्कालको आपत्कालीन खर्चका लागि एक अर्ब रुपियाँ निकासासमेत भइसकेको छ।