मुस्ताङ, कात्तिक २ गते । मुस्ताङको उपल्लो क्षेत्रमा विगत २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
गत असोज ९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले संरचनामा क्षति पुर्याएपछि उत्तरी चीनसँग सीमाना जोडिएको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा इन्टरनेट सेवा ठप्प बनेको हो। लामो समयसम्म सेवा मर्मत नहँुदा स्थानीय गाउँपालिका कार्यालय, बैंक तथा वित्तीय संस्था, प्रशासनिक निकाय, सुरक्षा निकाय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत विभिन्न संघसंस्थाहरूको दैनिक सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले अग्रिम भुक्तानी लिएको कम्पनीले मर्मतसम्भारमा चासो नदेखाएको गुनासो गर्नुभएको छ। पटक–पटक आग्रह गर्दासमेत बेवास्ता भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित कम्पनीको ध्यानाकर्षण गराइएको छ।
इन्टरनेट नहुँदा सरकारी कामकाज मात्र नभई स्थानीयवासीले मोबाइल हटस्पटको सहारा लिनुपरेको छ। अग्रिम भुक्तानी गरिएको रकम फिर्ता गर्नुपर्ने र चरम लापरबाही गर्ने टेकमाइण्ड नेटवर्कलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन्। मुस्ताङका अन्य केही क्षेत्रमा समेत गुणस्तरीय इन्टरनेट सेवा नभएको गुनासो बढेको छ भने टेकमाइण्ड नेटवर्कले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।
| विवरण / पक्ष | मुख्य तथ्य तथा जानकारी |
| प्रभावित क्षेत्र | लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका (उपल्लो मुस्ताङ) |
| समस्या | २५ दिनदेखि टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध |
| कारण | असोज ९ गतेको बाढी र कम्पनीको लापरबाही |
| असर | गाउँपालिका, बैंक, प्रशासनिक र एक्यापको सेवा प्रवाह ठप्प |
| माग | सेवा सुचारु गर्न, रकम फिर्ता लिन र कम्पनीलाई हदैसम्मको कारबाही गर्न माग |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




