11/29/2026, 20:22:18
आइतबार, मङि्सर १४, २०८३

बाढी-पहिरोको दिगो व्यवस्थापन र बागलुङलाई पूर्ण विद्युतीकरण गरिन्छ : ऊर्जामन्त्री श्रेष्ठ

दब्ल्याङको पहिरो र कालाखोला बगर निरीक्षणपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको भनाइ; निसेलढोरमा विद्युत् पुर्‍याउन छिट्टै टेन्डर खुल्ने जानकारी

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

बागलुङ, मङ्सिर १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीपहिरोको दिगो व्यवस्थापनमा सरकारको जोड रहेको बताउनुभएको छ ।

बागलुङ नगरपालिका–१० दब्ल्याङको पहिरो तथा कालाखोला बगरको निरीक्षण गर्दै स्थानीयका गुनासा सुन्नुभएका उहाँले पहिरोको दिगो समाधानका लागि पहल गर्ने र पहिरो नियन्त्रणमा बायो-इन्जिनियरिङ विधिसमेत अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले बिहानै कालिका मन्दिर दर्शन, बागलुङ क्षेत्रमा विद्युत् वितरण भइरहेको प्रसारण लाइन तथा दब्ल्याङको पहिरो निरीक्षणपछि बागलुङलाई पूर्ण विद्युतीकरण गर्ने बताउनुभयो ।

बागलुङमा बाढीपहिरो, विद्युत् समस्या तथा नदी कटानले पुर्‍याएको क्षति र जन-सरोकारका विषय बुझ्न शनिबार साँझ बागलुङ पुग्नुभएका उहाँले ढोरपाटन पुगेको विद्युत् निसेलढोर पुर्‍याउन अब समस्या नरहेको र निसेलढोरको विद्युत्का लागि छिट्टै टेन्डर खुल्ने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले नेपाल विद्युत् वितरण केन्द्रको निरीक्षण, कालिका मन्दिर दर्शन, प्रसारण लाइन निरीक्षण तथा दब्ल्याङ र कालाखोला बगरको पहिरो निरीक्षण गर्नुभएको बागलुङका प्रतिनिधिसभा सदस्य सोम शर्माले जानकारी दिनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
पहिरो व्यवस्थापन र बायोइन्जिनियरिङ बाढीपहिरोको दिगो व्यवस्थापनमा सरकारको जोड; बागलुङ नपा–१० दब्ल्याङ पहिरो र कालाखोला बगर निरीक्षण; पहिरो नियन्त्रणमा बायोइन्जिनियरिङ विधि अपनाउनुपर्ने (ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ) ।
पूर्ण विद्युतीकरण र निसेलढोर बागलुङलाई पूर्ण विद्युतीकरण गर्ने प्रतिबद्धता; ढोरपाटन पुगेको विद्युत् निसेलढोर पुर्‍याउन समस्या नरहेको र निसेलढोर विद्युत्का लागि छिट्टै टेन्डर खुल्ने ।
निरीक्षण र समन्वय शनिबार साँझ बागलुङ आगमन; कालिका मन्दिर दर्शन, नेपाल विद्युत् वितरण केन्द्र र प्रसारण लाइन निरीक्षण; जनसरोकार र नदी कटान अवस्था बुझिएको (सांसद सोम शर्मा) ।