काठमाडौँ, मङ्सिर १३ गते । जलवायु परिवर्तन, जलवायु न्याय, युवा अधिकार तथा दायित्वबारे मन्थन गरी सरकारलाई सुझाव दिन दुई दिने राष्ट्रिय युवा सम्मेलन २०२६ काठमाडौँमा सुरु भएको छ ।
गैरसरकारी संस्था महासङ्घको नेतृत्वमा विभिन्न नागरिक समाज तथा सरोकारवाला संस्थाको सहयोगमा सुरु सम्मेलनको उद्घाटन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै बस्ने र काम गर्ने वातावरण बनाउन सरकार प्रयासरत रहेको तथा वैदेशिक रोजगारमा देखिएको विकृति, विसङ्गति अन्त्य गर्दै सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा व्यापक संशोधनको तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रममा युरोपेली युनियनका राजदूत चार्लेस विटेलीले युवाको वृत्तिविकास, शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै नेपाली युवाको उज्ज्वल भविष्य देखेको बताउनुभयो भने गैर-सरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईले युवालाई राजनीति, अर्थनीति, कूटनीति, विकास र सामाजिक रूपान्तरणसँग एकाकार नगरी परिवर्तन सम्भव नहुने तथा जलवायु न्यायका अभियानमा जुट्न र युवाको भावनाअनुसार नीति निर्माण गर्न जोड दिनुभयो ।
सम्मेलनमा ७७ वटै जिल्ला तथा तराई, पहाड, हिमालबाट एक हजारभन्दा बढी युवाको सहभागिता रहेको र पहिलो दिन क्लाइमेट एक्सन, राजनीतिमा युवा सहभागिता, उद्यमशीलता, प्रविधि विकास, युवा अधिकार तथा युवा नीतिलगायत विषयमा विज्ञ कार्यपत्र र छलफल गरी धारणा सङ्कलन गरिने उपमहासचिव भवराज रेग्मी तथा महासचिव देवी खड्काले जानकारी दिनुभयो ।
सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्ने तयारी गरेको छ भने सम्मेलनअघि राजधानीमा युवायुवतीले लैङ्गिक हिंसाविरुद्ध र्याली निकाली न्यूनीकरणका लागि सामाजिक रूपान्तरण अपरिहार्य रहेको बताएका थिए ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| रोजगारी, ऐन र नीति | स्वदेशमै काम र बस्ने वातावरण सिर्जना; विकृति अन्त्य गरी सुरक्षित/मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा संशोधन तयारी; युवाको भावनाअनुसार युवा नीतिमा परिवर्तन (मन्त्री रामजी यादव) । |
| सम्मेलन र सहभागिता | दुई दिने राष्ट्रिय युवा सम्मेलन २०२६ काठमाडौँमा सुरु; ७७ जिल्लाबाट १,००० भन्दा बढी युवा सहभागी; गैरसरकारी संस्था महासङ्घ नेतृत्वमा सरोकारवालाको सहकार्य; काठमाडौँ घोषणापत्र जारी गरिने । |
| सन्देश र छलफलका विषय | शिक्षा, स्वास्थ्य र वृत्तिविकासमा लगानी आवश्यक (राजदूत चार्लेस विटेली); जलवायु न्याय र नीति निर्माणमा युवा सहभागिता (अध्यक्ष अर्जुनकुमार भट्टराई); जलवायु, राजनीति, उद्यमशीलता, प्रविधि र अधिकारमा छलफल; लैङ्गिक हिंसाविरुद्ध र्याली । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्