पाल्पा, मङ्सिर १३ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद्लाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अघि बढाइएको बताउनुभएको छ ।
शनिबार पाल्पाको तानसेन नगरपालिका–९, दमकडामा आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको तथा डिजिटल पार्लियामेन्ट प्रणालीमार्फत नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जन-प्रतिनिधि सदनमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने र आगामी दिनमा सदनमा प्रवेश तथा बहिर्गमनको समयसमेत सार्वजनिक गरिने जानकारी दिनुभयो ।
सभामुख अर्यालले दर्ता भएका, प्रतिनिधिसभा वा राष्ट्रिय सभामा विचाराधीन रहेका तथा पारित र प्रमाणीकरण भएका विधेयकको विवरण डिजिटल प्रणालीमा उपलब्ध गराइएको बताउँदै सरोकारवालालाई सहज हुने गरी नेपालको भूगोल, आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यानमा राखी पुराना कानुन संशोधन र बाँकी कानुन निर्माणमा इमान्दारितासाथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न राज्य सञ्चालन गर्ने व्यक्तिमा इमान्दारिता र क्षमता आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रविधिको सदुपयोग, आत्मविश्वास र विश्वासमार्फत देशलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताउनुभयो ।
“युवाहरूले नेतृत्व गरिरहेको प्रतिनिधिसभा होस् या अहिलेको सरकारलाई विश्वास गर्नुपर्छ, अलिकति पर्खिनुपर्छ; विकास भन्ने कुरा छुमन्तरको बाचा भनेको जस्तो सम्भव छ जस्तो मलाई लाग्दैन,” सभामुख अर्यालले भन्नुभयो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| डिजिटल पार्लियामेन्ट | प्रतिनिधिसभा र राष्ट्रिय सभालाई डिजिटल प्रणालीमा जोडिने; मोबाइलबाटै सांसदको उपस्थिति र क्रमशः सदन प्रवेश/बाहिरिने समय हेर्न सकिने; विधेयक र कानुनको अवस्था डिजिटल माध्यममा उपलब्ध (सभामुख डोलप्रसाद अर्याल) । |
| कानुन निर्माण र सुशासन | भूगोल, आवश्यकता, चेतनाको स्तर र प्रविधि सुहाउँदो नागरिकमैत्री कानुन निर्माणमा जोड; सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्य सञ्चालनमा इमान्दारिता र क्षमता आवश्यक । |
| कार्यक्रम र सन्देश | पाल्पाको तानसेन–९ दमकडामा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक; युवा नेतृत्वको प्रतिनिधिसभा र सरकारमाथि विश्वास राख्न तथा विकासमा धैर्य गर्न आग्रह । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















प्रतिक्रिया दिनुहोस्