बुटवल, मङ्सिर १२ गते । सङ्घीय संसद्का सभामुख डोलप्रसाद अर्याल (डीपी) ले स्थानीय तहलाई सहज रूपमा कार्य सञ्चालन गर्न र जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक कानुन निर्माणमा आफू पूर्ण रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बुटवलस्थित लायन्स आँखा अस्पतालले शुक्रबार साँझ स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताका लागि आवश्यक, भूगोल सुहाउँदो र प्रविधिमैत्री कानुन बनाउन निरन्तर खट्ने तथा विकासका लागि न्यायपालिकाले पनि साथ दिनुपर्ने बताउनुभयो ।
सङ्घीयतामा तीन तहका सरकार रहेकाले नागरिक बढी जागरुक हुनुपर्ने र जन-प्रतिनिधि जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले कानुन बनाउने निकाय र कार्यान्वयन गराउने न्यायालय इमानदार भए नेपालजस्तो देश समृद्ध बन्न १० वर्ष पर्याप्त हुने उल्लेख गर्नुभयो ।
जनताको अपेक्षा धेरै भए पनि स्रोतसाधन सीमित रहेको यथार्थ जनस्तरमा बुझाउनुपर्ने बताउँदै उहाँले यसअघि केही नभएको र चुट्कीका भरमा सबै काम पूरा हुन्छ भन्ने भ्रम नफैलाउन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो तथा भौतिक–सामाजिक विकास, स्वास्थ्य, शिक्षा, रोजगारी र सुशासनका कामको अनुभूति जनताले गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लायन्सको लोगो लगाएर सहभागी सभामुख अर्यालको लायन्सका पूर्व-अध्यक्ष जीवन वझाले प्रशंसा गर्नुभएको थियो भने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक उपाध्याय, अध्यक्ष महेश श्रेष्ठ, व्यवस्थापन समिति सदस्य दिनेशप्रसाद प्रधान र डा. शिशिर अर्याल लगायतले अस्पतालका योजना तथा समस्या प्रस्तुत गर्नुभएको थियो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| कानुन र समृद्धिको आधार | स्थानीय तहलाई सहज कार्य सञ्चालन र सेवा प्रवाह गर्न भूगोलसुहाउँदो तथा प्रविधिमैत्री कानुन निर्माणमा जोड; कानुन बनाउने र कार्यान्वयन/न्याय दिने निकाय इमानदार भए १० वर्षमै समृद्धि सम्भव (सभामुख डोलप्रसाद अर्याल) । |
| यथार्थ र भ्रम निवारण | सीमित स्रोतसाधनको वास्तविकता बुझाउन आग्रह; विगतमा केही नभएको र चुट्कीमै सबै काम हुने भ्रम नफैलाउन अनुरोध; विकास, स्वास्थ्य, शिक्षा, रोजगारी र सुशासनको अनुभूति हुनुपर्ने जोड । |
| कार्यक्रम र सहभागी | बुटवलस्थित लायन्स आँखा अस्पतालको स्वागत कार्यक्रम; पूर्वअध्यक्ष जीवन वझाबाट प्रशंसा; निमित्त मेसु डा. विवेक उपाध्याय, अध्यक्ष महेश श्रेष्ठ, दिनेशप्रसाद प्रधान र डा. शिशिर अर्यालबाट योजना/समस्या प्रस्तुति । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















प्रतिक्रिया दिनुहोस्