11/24/2026, 20:51:18
मङ्गलबार, मङि्सर ०९, २०८३

स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै सम्पन्न गर्न सरकारसँग महासचिव पोखरेलको माग

प्रदेश र स्थानीय निर्वाचन सँगै गर्दा जन-प्रतिनिधिविहीनता र स्थानीय सरकार कमजोर हुने चेतावनी; नेकपा–एमाले तालमेल छलफल निष्कर्षमा नपुगेको भनाइ

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

दाङ, मङ्सिर ८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै सम्पन्न गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने नाममा स्थानीय तहको निर्वाचन पछि धकेल्दा जनप्रतिनिधिविहीन अवस्था सिर्जना हुने र त्यसले स्थानीय सरकारलाई कमजोर बनाउने धारणा व्यक्त गर्दै उहाँले प्रदेशको निर्वाचन अर्को मङ्सिरमा रहेकाले सँगै गर्दा स्थानीय तह जनप्रतिनिधिविहीन हुने र सरकार त्यही बाटोतर्फ अघि बढेको देखिएको बताउनुभयो ।

प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबिच चुनावी तालमेलका विषयमा छलफल भइरहे पनि अझै निष्कर्षमा पुग्न नसकेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै उहाँले विगतमा वैदेशिक ऋणलाई लिएर जनतामा नकारात्मक भाष्य निर्माण गर्नेहरूले नै अहिले ऋण प्राप्तिलाई ठूलो उपलब्धिका रूपमा प्रचार गरिरहेको टिप्पणी गर्नुभयो ।

ऋण नलिई विकास निर्माण अघि बढाउन नसकिने यथार्थ प्रधानमन्त्री शाहले बुझ्न थालेको महासचिव पोखरेलले बताउनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
स्थानीय निर्वाचनको माग आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्न माग; प्रदेश र स्थानीय निर्वाचन एकैपटक गर्दा जनप्रतिनिधिविहीनता र स्थानीय सरकार कमजोर हुने चेतावनी ।
चुनावी तालमेल छलफल तुलसीपुर (दाङ) को पत्रकार भेटघाटमा जानकारी; नेपाली कम्युनिस्ट पार्टी र एमालेबिच चुनावी तालमेल छलफल जारी तर निष्कर्षमा नपुगेको ।
वैदेशिक ऋण र भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणप्रति टिप्पणी; विगतमा वैदेशिक ऋणको नकारात्मक भाष्य बनाउनेहरूकै प्रचार र ऋणबिना विकास नहुने यथार्थ बुझ्न थालेको भनाइ ।