ललितपुर, मङ्सिर ७ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उहाँले कर्मचारीतन्त्रमा देखिएको चलखेल, सेवा प्रवाहमा हुने ढिलासुस्ती, बिचौलियाको प्रयोग तथा खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्ति अन्त्य गरिने दृढता व्यक्त गर्नुभयो ।
मन्त्री रावलले भनसुन र विकृति हटाउन संसद्मा विधेयक दर्ता गरिएको र कानुन विपरीतका दबाब अस्वीकार गर्न सक्ने कानुनसम्मत काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट पार्नुभयो । निजामती ऐन आउन ढिलाइ हुनुमा प्रक्रियागत कमजोरी र कतिपय प्रवृत्ति जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले उच्च तहका कर्मचारीबाटै परम्परागत गलत अभ्यास त्याग्नुपर्ने र नवप्रवेशी अधिकृतले गुमेको विश्वास फर्काउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले समन्वय र साझेदारीमा जोड दिनुभयो भने नायब महालेखापरीक्षक घनश्याम पराजुलीले लेखापरीक्षण र बजेट तर्जुमासम्बन्धी कानुनी ज्ञान लागू गर्न आग्रह गर्नुभयो ।
त्यस्तै निमित्त सचिवद्वय गणेशप्रसाद भट्ट र कृष्ण ढकाल, सहसचिव रामहरि थापा, कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरे तथा वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पौडेलले सेवामा उत्कृष्टता, सदाचार, निस्वार्थ राष्ट्र सेवा र सक्षमतामा आधारित तालिमको महत्वबारे धारणा राख्नुभयो ।
छ महिनासम्म सञ्चालन हुने यस सेवाकालीन तालिममा सामान्य प्रशासनतर्फ १२८, राजस्व समूहका ३७, लेखापरीक्षण समूहका ११, परराष्ट्र सेवाका ९ र सङ्घीय संसद् सेवाका ४ जना गरी कुल १८९ जना अधिकृत सहभागी हुनुहुन्छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| सुधार र कानुनसम्मत काम | मन्त्री प्रतिभा रावलद्वारा प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितामा जोड; भनसुन अन्त्यको विधेयक संसद्मा; कानुनी काम गर्नेलाई संरक्षण । |
| सेवा प्रवाह र नेतृत्व | ढिलासुस्ती, बिचौलिया र कार्यस्थल नजाने प्रवृत्ति अन्त्यको प्रतिबद्धता; उच्च तहबाट गलत अभ्यास त्याग र नवप्रवेशीमा विश्वास फर्काउने अपेक्षा । |
| सहभागी र वक्ता | १८९ अधिकृत सहभागी (सामान्य प्रशासन १२८, राजस्व ३७, लेखापरीक्षण ११, परराष्ट्र ९, संसद् ४); अर्याल, पराजुली, भट्ट, ढकाल, थापा, घिमिरे र पौडेलको मन्तव्य । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्