काठमाडौँ, मङ्सिर ७ गते । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधि र आधुनिक आर्किटेक्चरमा आधारित बनाई स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलका अनुसार बीमा कार्यक्रमलाई अझ प्रभावकारी, सुरक्षित, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यले अद्यावधिक प्रणाली सञ्चालनमा ल्याइएको हो ।
नयाँ प्रणालीले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट प्राप्त उपचारसम्बन्धी दाबीको रुजु तथा मूल्याङ्कन प्रक्रियालाई छिटो, सहज र प्रभावकारी बनाउने डा. प्याकुरेलले जानकारी दिनुभयो । दाबी प्रक्रियाका क्रममा देखिने त्रुटि तथा असामान्य विवरण पहिचान गर्न प्रणालीगत फ्ल्यागिङको व्यवस्था गरिएको छ, जसले शङ्कास्पद दाबी छानबिन र मूल्याङ्कनमा सहजता ल्याउनेछ ।
स्तरोन्नति गरिएको आईएमआईएसमा बीमितको अभिलेख खोजी तथा पहिचान र स्वास्थ्य संस्थाको अवस्था अनुगमनसम्बन्धी सुविधा थप गरिनुका साथै प्रणालीको गति, कार्यसम्पादन क्षमता, विश्वसनीयता र तथ्याङ्क सुरक्षामा सुधार आउने बोर्डले जनाएको छ ।
बीमितको विवरण प्रमाणीकरण सरल बनाउँदै तथ्याङ्कको वैधता र गुणस्तर अभिवृद्धि गर्न नयाँ प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तर आबद्धता गर्ने तयारीसमेत भइरहेको अध्यक्ष डा. प्याकुरेलले बताउनुभयो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| प्रणाली स्तरोन्नति | स्वास्थ्य बीमा बोर्डद्वारा आईएमआईएस प्रणाली आधुनिक प्रविधि र आर्किटेक्चरमा स्तरोन्नति गरी सञ्चालन । |
| नयाँ विशेषता | दाबी रुजु/मूल्याङ्कन छिटो र सहज; त्रुटि तथा शङ्कास्पद दाबी पहिचान गर्न प्रणालीगत फ्ल्यागिङ; बीमित र संस्था अनुगमन सुविधा । |
| सुरक्षा र भविष्यको योजना | सूचना सुरक्षा, गति र विश्वसनीयतामा वृद्धि; तथ्याङ्क प्रमाणीकरण र गुणस्तरका लागि राष्ट्रिय परिचयपत्रसँग जोड्ने तयारी । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्