काठमाडौँ, मङ्सिर ६ गते । काठमाडौँ महानगरपालिका (कामपा) ले सहरको वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो, हरियाली विस्तार तथा प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम ती रणनीतिक क्षेत्रमा समेटिएका छन् ।
विभागले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदा तयार गरिसकेको प्रमुख राईले जानकारी दिनुभयो । कार्ययोजनामा सडकको धुलो र सवारीको धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ ।
भौगोलिक बनावटका कारण वायु प्रदूषणको असर भोग्नुपरेको उल्लेख गर्दै कामपाले विश्व स्वास्थ्य सङ्गठन, विश्वव्यापी स्वास्थ्य सङ्गठनको रणनीति र ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा साझा प्रयत्नबाट प्रदूषण घटाउने लक्ष्य राखेको छ । नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने पहिलो उद्देश्य अन्तर्गत विद्यमान नीति तथा मापदण्ड समीक्षा, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरवलोकन, विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रमा विशेष व्यवस्था तथा विद्युतीय सवारी र विद्युतीय चुलोलाई प्रोत्साहन गरिनेछ ।
सबै कार्य एउटै विभागबाट सम्भव नहुने भएकाले ३२ वटै वडा कार्यालयसहित यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण, उद्यान तथा हरियाली प्रवर्द्धन, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि विभागलाई विषयगत जिम्मेवारी तोकिएको प्रमुख राईले बताउनुभयो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| रणनीतिक क्षेत्र र मस्यौदा | २७ रणनीतिक क्षेत्र र १० मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ मस्यौदा तयार । |
| प्राथमिकता र साझेदारी | धुलो/धुवाँ, फोहर, स्वच्छ चुलो, हरियाली र स्वास्थ्य सुरक्षा; डब्लुएचओ र ब्लुमवर्ग फिलान्थ्रोपिजसँग सहकार्य । |
| नीतिगत र प्रविधिगत पहल | मापदण्ड २०८१ पुनरवलोकन, संवेदनशील क्षेत्रमा विशेष व्यवस्था तथा विद्युतीय सवारी र चुलोको प्रोत्साहन । |
| कार्यान्वयन जिम्मेवारी | ३२ वटै वडा कार्यालय तथा यातायात, सार्वजनिक निर्माण, हरियाली, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि विभाग । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्