काठमाडौँ, मङ्सिर ६ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सर्वदलीय सरकार बनाउने बताउनुभएको छ ।
मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सबै दल मिलेर सरकार बनाउने आफ्नो चाहना रहेको र सोही अनुसार छलफल अघि बढाउने जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग संवाद सुरु गर्ने मुख्यमन्त्री यादवले उल्लेख गर्नुभयो । अघिल्लो पटक विश्वासको मत लिँदा सबै दलको समर्थन पाएको स्मरण गर्दै यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अघि बढाउने प्रयास रहने उहाँको भनाइ थियो ।
सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तीव्रता दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै दललाई समेटेर अघि बढ्ने विषयमा केन्द्रित रहने मुख्यमन्त्री यादवले स्पष्ट पार्नुभयो । निर्धारित समयसीमाभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
यसअघि प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| शपथ र नेतृत्व | प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा मुख्यमन्त्री सरोजकुमार यादवलाई शपथ; सर्वदलीय सरकार गठनको प्रतिबद्धता । |
| छलफल र विश्वासको मत | सोमबारदेखि दलहरूसँग छलफल सुरु हुने; मन्त्रिपरिषद् विस्तार र समयमै विश्वासको मत लिने विश्वास । |
| सरकारको प्राथमिकता | सुस्त कामलाई तीव्रता दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्