कास्की, मङ्सिर ५ गते । नेपाली कांग्रेसका पूर्व-सभापति शेरबहादुर देउवाले गत वर्ष भदौ २४ को जेन-जी आन्दोलनमा आफू र पत्नी डा. आरजु राणा देउवालाई जेन-जीहरूले नै बचाएको बताउनुभएको छ ।
देउवा समूहको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जेन-जीको नाममा ५० वर्षमाथिका केहीले आक्रमण गरी मार्न खोजे पनि जेन-जीहरूले नै जोगाएको र अझै घाउ बाँकी रहेको उल्लेख गर्नुभयो ।
आफूहरूमाथि आक्रमण हुनुमा ठूलो षड्यन्त्र रहेको दाबी गर्दै पूर्व-प्रधानमन्त्री देउवाले तत्कालीन समयमा ओली प्रधानमन्त्री, आरजु मन्त्री र रमेश लेखक गृहमन्त्री हुँदाहुँदै पनि किन आक्रमण गरियो भन्दै प्रश्न उठाउनुभयो । मान्छेलाई कसैले मार्न खोज्दैमा नमर्ने र काल आएमा मात्र मर्ने उहाँको भनाइ थियो ।
विशेष महाधिवेशन पक्षधरले आफूलाई मार्न खोज्नेलाई नै टिकट दिएको आरोप लगाउँदै देउवाले षड्यन्त्रपूर्वक कांग्रेस कब्जा गरिएको जिकिर गर्नुभयो । सनाखत बिना सदस्य यकिन गरी भएको महाधिवेशन वैधानिक नहुने स्पष्ट पार्दै उहाँले कांग्रेसबाट पाँच पटक प्रधानमन्त्री भइसकेकाले अब लिनु केही नभई दिनु मात्र बाँकी रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सभापति मेखलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त अधिवेशनमा नेताहरू शशाङ्क कोइराला, विमलेन्द्र निधि, शङ्कर भण्डारी, एनपी साउद, कृष्णप्रसाद सिटौला, केदार कार्की र मोहन बस्नेत लगायतले धारणा राख्नुभएको थियो ।
| विषय / बुँदा | मुख्य भनाइ वा दाबी |
| आक्रमण र बचाउ | भदौ २४ को आन्दोलनमा ५० वर्षमाथिका केहीले हानेको तर जेनजीहरूले जोगाएको देउवाको भनाइ । |
| षड्यन्त्रको दाबी | आक्रमणमा ठूलो षड्यन्त्र रहेको आरोप; कसैले मार्न खोज्दैमा नमर्ने र काल आएपछि मात्र मर्ने टिप्पणी । |
| महाधिवेशन र टिकट | सनाखत बिना सदस्य यकिन गरी गरिएको महाधिवेशन अवैधानिक रहेको र मार्न खोज्नेलाई नै टिकट दिई पार्टी कब्जा गरिएको जिकिर । |
| पार्टी नेतृत्व र उपस्थिति | पाँच पटक प्रधानमन्त्री भइसकेकाले अब लिनु केही नभएको भनाइ; गण्डकी अधिवेशनमा शीर्ष नेताहरूको सहभागिता । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्