बागलुङ, मङ्सिर ४ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व-सभापति शेरबहादुर देउवाले कांग्रेस विवादमा अदालतबाट न्याय पाउने बताउनुभएको छ।
जे-जस्ता हल्ला चले पनि सर्वोच्च अदालतले सबै कांग्रेस कार्यकर्ताको भावना अनुसार निर्णय दिने विश्वासमा रहेको उहाँले उल्लेख गर्नुभयो। देउवा पक्षीय कांग्रेसको महाधिवेशनअन्तर्गत बागलुङ जिल्ला अधिवेशनको उद्घाटन गर्न शुक्रबार बागलुङ पुग्नुभएका देउवाले राजा ज्ञानेन्द्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस देशमा आइपर्ने हरेक समस्यासँग जुध्न तयार रहेको बताउनुभयो। आफू जीवित रहुन्जेल लोकतन्त्र र गणतन्त्रको रक्षामा समर्पित रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै देउवाले त्यसका लागि एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो। आफ्नो जीवन देश र जनतालाई सुम्पिएको स्मरण गर्दै उहाँले संगठन मजबुत बनाएर चुनाव जित्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो। फुटेर नभई जुटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएका देउवा विगतमा विभिन्न स्थानमा पार्टी नेतृत्वप्रति आक्रोशित मुद्रामा देखिए पनि शुक्रबार भने शान्त देखिनुभएको थियो।
कांग्रेसको संगठन निर्माणमा बागलुङले पुर्याएको योगदानको चर्चा गर्दै उहाँले पार्टी एक-ढिक्का भए कसैले हराउन नसक्ने बताउनुभयो। सहिद थिरबम मल्लको योगदान स्मरण गर्दै कांग्रेस जोगाउने जिम्मेवारी बागलुङले लिनुपर्ने र कार्यकर्ता विचलित नभई देशको हितमा लाग्नुपर्ने उहाँको भनाइ थियो।
हेलिकोप्टरमार्फत बागलुङ पुग्नुभएका देउवा कार्यक्रममा दुई घण्टा रहनुभए पनि ४ मिनेट मात्र सम्बोधन गर्नुभएको थियो। अधिवेशनले जिल्ला नेतृत्व चयन गर्ने निर्वाचन संयोजक सागर छन्त्यालले जानकारी दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्