11/20/2026, 18:00:07
शुक्रबार, मङि्सर ०५, २०८३

एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्ड-आउट !

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सीमित क्षमताका कारण टिकट छिट्टै सकिएकाले समर्थकहरूलाई अनलाइन तथा आधिकारिक प्लाटफर्मबाट खेल हेर्न आग्रह गरिएको छ।


काठमाडौँ, मङ्सिर ४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सोल्डआउट भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए। क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै क्रिकेट मैदानको क्षमता अनुसार टिकट उपलब्धता सीमित रहेकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ।

एनपीएलको फाइनल खेल मंसिर ५ गते हुँदैछ। टिकट खरिद गर्न नपाएका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लाटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर साथ दिन क्यानले आग्रह गरेको छ।

नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकले देखाएको उत्साहप्रति आभार व्यक्त गर्दै क्यानले टिकट खरिद गर्न नसकेका दर्शकलाई परेको असुविधाप्रति क्षमासमेत मागेको छ।