काठमाडौँ, मङ्सिर ४ गते । घोप्टेभिरको पहिरो सफा गर्न शनिबारदेखि पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्म मंसिर ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै खाले सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।
पृथ्वी राजमार्गको इच्छाकामनास्थित कुरिनटार नजिक घोप्टेभिरमा तिहार आसपासदेखि लगातारजसो पहिरो खस्दै आएको छ । पहिरोका कारण घण्टौँसम्म सडक अवरुद्ध हुनुका साथै खसेको ढुंगा लागेर एक जनाको मृत्यु भइसकेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै ढुंगा र माटो पन्छाउन सडक बन्द गरिएको चितवन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
प्रशासनको यो निर्णयसँगै पहिरो सफा गर्ने काम व्यवस्थित र सुरक्षित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ भने निर्धारित समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक समय वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
| क्षेत्र / बुँदा | मुख्य सार वा कारण |
| बन्द हुने समय | भोलि मंसिर ५ देखि अर्को सूचना जारी नहुँदासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म (५ घण्टा) । |
| स्थान | पृथ्वी राजमार्गको इच्छाकामनास्थित कुरिनटार नजिकको घोप्टेभिर । |
| पहिरोको समस्या र क्षति | तिहार आसपासदेखि लगातार पहिरो खस्दा बाटो घण्टौँ अवरुद्ध भएको र ढुंगा लागेर एक जनाको ज्यान गएको । |
| सडक बन्दको उद्देश्य | सम्भावित जोखिम न्यूनीकरण गर्दै सुरक्षित रूपमा ढुंगा र माटो हटाउन । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











प्रतिक्रिया दिनुहोस्