काठमाडौँ, मङ्सिर १ गते । निरोशान डिकवेलाले आक्रामक र अविजित अर्धशतकीय पारी खेलेपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको हो। यसअघि गत वर्षको उपाधि भिडन्तमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै हराएर च्याम्पियन बनेको थियो भने यस सिजनको उद्घाटन खेलमा पनि ७ विकेटले पराजित गरेको थियो।
अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजेता (चितवन राइनोज वा काठमान्डु गोर्खाज) सँग क्वालिफायर २ मा प्रतिस्पर्धा गर्नेछ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ५ रनको सामान्य योगफल तयार पारेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए पनि अन्य ब्याटरहरू क्रिजमा टिक्न सकेनन्।
पावर प्लेको पहिलो ६ ओभरमा सुदूरपश्चिमले जम्मा २० रन मात्र बनाउन सकेको थियो, जुन यस सिजनको सबैभन्दा कम पावर प्ले स्कोर हो। इशान पाण्डेले २७ रन बनाए भने अन्य ब्याटर दोहोरो अङ्क छुन असफल रहे। लुम्बिनीका लागि रुबेन ट्रम्पलमन र शेर मल्लले २–२ तथा अभिशेष गौतम र किशोर महतोले १–१ विकेट लिए।
जवाफमा १ सय ६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले केही सुरुवाती झट्का खाए पनि विकेटकिपर ब्याटर निरोशान डिकवेलाको सानदार पारीको मद्दतले १६.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो। डिकवेलाले सुरुवाती ओभरहरूमा पाएको जीवनदानको पूर्ण फाइदा उठाउँदै ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए र थानुका दवारेको बलमा विजयी छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले २४ रन जोडे।
सुदूरपश्चिमविरुद्धको यस शानदार जितसँगै लुम्बिनीले उपाधि रक्षातर्फ एक कदम अघि बढाएको छ।
| विवरण | तथ्य / जानकारी |
| खेल | एनपीएल २०२६ – क्वालिफायर १ |
| परिणाम | लुम्बिनी लायन्स ६ विकेटले विजयी |
| सुदूरपश्चिमको स्कोर | २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन (दीपेन्द्रसिंह ऐरी: ५२ रन) |
| लुम्बिनीको स्कोर | १६.४ ओभरमा ४ विकेटको क्षतिमा १०८ रन (निरोशान डिकवेला: ५९* रन) |
| प्लेयर अफ द म्याच / प्रमुख खेलाडी | निरोशान डिकवेला (लुम्बिनी लायन्स) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्