काठमाडौँ, मंसिर १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत सरकार हिउँदयाममा नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउन तयार भएको छ।
भारतीय राजदूत सुधाकर दलेलाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठसँगको भेटमा भारतले नेपाललाई हिउँदयाममा उक्त परिमाणमा बिजुली उपलब्ध गराउने निर्णय गरेको औपचारिक जानकारी गराउनुभएको हो। भोटेकोशी नदीमा आएको बाढीले नेपालको विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएकाले हिउँदको ऊर्जा मागलाई मध्यनजर गर्दै भारतले यो सकारात्मक निर्णय लिइएको राजदूत दलेलाले बताउनुभयो।
गत भदौमा आएको विनाशकारी बाढी तथा त्यसपछिका अन्य विपद्का कारण जलविद्युत् पूर्वाधारमा क्षति पुग्दा ४३१ मेगावाट बिजुली प्रणाली बाहिर रहेको छ। विपद्पछिको यो सङ्कट टार्न मन्त्री श्रेष्ठले छिमेकी देश भारतबाट बिजुली ल्याउन मन्त्रालय मातहतका निकाय र नेपाल विद्युत् प्राधिकरणलाई परिचालन गर्नुभएको थियो।
ऊर्जामन्त्री श्रेष्ठकै निर्देशनमा मन्त्रालयको टोली दुईपटक दिल्ली गई भारतीय पक्षसँग संवाद गरेर आयातको मोडालिटी टुङ्ग्याएको थियो। हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्री र ऊर्जा सचिवसँगको भेटमा पनि मन्त्री श्रेष्ठले यस विषयमा गम्भीरतापूर्वक कुराकानी गर्नुभएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्व-सन्ध्यामा भारतबाट बिजुली आयातको अनुमति प्राप्त भएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार २०८३ मङ्सिर १ गतेदेखि २०८४ साउन १५ गतेसम्म भारतीय बजारबाट विद्युत् आयात गर्ने औपचारिक अनुमति प्राप्त भएको छ। मन्त्री र मन्त्रालयको चरणबद्ध संवादपछि सुख्खायामको ‘पिक आवर’ मा ३५० मेगावाट बिजुली उपलब्ध हुने हुँदा हिउँदमा लोड व्यवस्थापन सहज हुने विश्वास लिइएको छ।
भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएसँगै नेपालले पनि थप ५६ मेगावाट बिजुली भारततर्फ निर्यात गर्ने स्वीकृति पाएको छ। यस किसिमको द्विपक्षीय समझदारीले दुई देशबीचको ऊर्जा सहकार्यलाई थप बलियो बनाउनुका साथै नेपालको हिउँदयामको ऊर्जा सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
| विवरण | तथ्य / जानकारी |
| सम्बन्धित मन्त्री | विराज भक्त श्रेष्ठ (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री) |
| भारतीय निर्णय | हिउँदयाममा ३५० मेगावाट बिजुली उपलब्ध गराउने |
| थप उपलब्धि | नेपालले भारततर्फ थप ५६ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति प्राप्त |
| कारण | भोटेकोशी लगायतका बाढीले जलविद्युत् पूर्वाधारमा पुगेको क्षति र हिउँदको माग |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















प्रतिक्रिया दिनुहोस्