काठमाडौँ, कात्तिक ३० गते । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूले स्थानीय निर्वाचन केन्द्रित लिखित सुझावहरू अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था गरेको छ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले स्थानीय तह निर्वाचनको पूर्वतयारी, पार्टीको आधिकारिक निर्णय, राजनीतिक बुझाइ तथा दृष्टिकोणमा एकरूपता कायम गर्दै वैचारिक र संगठनात्मक एकतालाई थप सुदृढ बनाउने उद्देश्यले यो राष्ट्रिय भेला बोलाईएको जानकारी दिएको छ।
पार्टीको मूल केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीहरू तथा संघीय संसद्देखि स्थानीय तहसम्म पार्टीबाट निर्वाचित जन-प्रतिनिधिहरू गरी कुल ३ हजार ४१४ जना प्रतिनिधिहरूको यस भेलामा सहभागिता रहनेछ।
प्रचार विभाग प्रमुख निरज आचार्यले दिएको जानकारी अनुसार, भेलामा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सम-सामयिक राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाका साथै ‘दुई प्रमुख कार्यभार’ र ‘गर्नुपर्ने १५ काम’ विषयक विशेष प्रशिक्षण दिनुहुनेछ।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेताको हैसियतमा मुलुकको सम-सामयिक विषय र पार्टीको भावी कार्यभारबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भेलामा पार्टीका अन्य शीर्ष नेताहरूले पनि विभिन्न महत्वपूर्ण राजनीतिक तथा सांगठनिक कार्ययोजनाहरू प्रस्तुत गर्नेछन्। जसमा उपाध्यक्ष रामबहादुर थापाद्वारा मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी विषय, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा संसदीय संघर्षसम्बन्धी अभिभारा तथा एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम र उपलब्धीहरूको समीक्षा प्रस्तुत गरिनेछ।
त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी ठोस कार्ययोजना प्रस्तुत गर्नुहुनेछ।
स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै तल्लो तहदेखि शीर्ष नेतृत्वसम्मलाई एकै ठाउँमा गोलबन्द गर्ने यस प्रकारको वृहत् भेलाले पार्टी पंक्तिलाई थप ऊर्जा र स्पष्ट दिशा निर्देश गर्ने विश्वास व्यक्त गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| कार्यक्रम | नेकपा (एमाले) को राष्ट्रिय भेला |
| मिति र स्थान | मंसिर २ र ३ गते, काठमाडौं |
| सहभागी संख्या | ३,४१४ जना (केन्द्रीय नेतृत्वदेखि स्थानीय जनप्रतिनिधिसम्म) |
| मुख्य निर्देशन | स्थानीय निर्वाचन केन्द्रित लिखित सुझाव अनिवार्य |
| प्रमुख वक्ताहरू | केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्