काठमाडौँ, कात्तिक ३० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पहिलो बैंक ‘नेपाल बैंक लिमिटेड’ लाई वित्तीय तथा आर्थिक अनुशासन कडाइका साथ पालना गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको छ।
बैंकको ९०औँ वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उहाँले नेपालको बैंकिङ इतिहासमा गौरवमय स्थान ओगटेको यस बैंकले अबका दिनमा अनुत्पादक क्षेत्रमा लगानी गर्नबाट बच्नुपर्ने बताउनुभयो। सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीनबुँदे कार्यसूचीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन पनि उहाँले बैंक नेतृत्वलाई आग्रह गर्नुभयो।
सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री डा. वाग्लेले बैंकको काम कारबाहीमा पूर्ण पारदर्शिता, तथ्याङ्कको सुरक्षा र संस्थागत कमजोरीहरूको समयमै सुधार आवश्यक रहेको औँल्याउनुभयो।
आगामी दिनमा डिजिटल बैंकिङको तीव्र विस्तार, लघु, साना तथा मझौला उद्यमहरूलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्धन तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यमा नेपाल बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तिलकराज पाण्डेयले नेपालमा बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र समग्र औद्योगिक तथा व्यापारिक क्षेत्रको विस्तारमा बैंकले ऐतिहासिक कालदेखि नै उल्लेखनीय योगदान पुर्याउँदै आएको स्पष्ट पार्नुभयो।
उहाँले प्रस्तुत गर्नुभएको विवरण अनुसार हाल बैंकको चुक्ता पुँजी रु १४ अर्ब ६९ करोड, कुल निक्षेप रु चार खर्ब १६ अर्ब र कर्जा लगानी रु दुई खर्ब ६२ अर्ब पुगेको छ। त्यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात चार दशमलव १८ प्रतिशत रहेको छ भने २९ लाख २४ हजारभन्दा बढी ग्राहकहरूलाई ७१ जिल्लामा फैलिएका शाखा तथा २५० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १० लाख पुगेको र तीन हजार ६०० कर्मचारी कार्यरत रहेको यस बैंकले आगामी दिनमा अझ बढी व्यावसायिक र जनमुखी सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।
| विवरण | तथ्यांक / जानकारी |
| प्रमुख अतिथि / वक्ता | डा. स्वर्णिम वाग्ले (माननीय अर्थमन्त्री) |
| कार्यक्रम | नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव उद्घाटन |
| मुख्य निर्देशन | आर्थिक अनुशासन, खराब कर्जा असुली र अनुत्पादक क्षेत्रमा लगानी नगर्ने |
| वित्तीय स्थिति (सिइओ) | निक्षेप: रु. ४ खर्ब १६ अर्ब / कर्जा: रु. २ खर्ब ६२ अर्ब |
| सेवा विस्तार | ७१ जिल्लामा शाखा, १० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











प्रतिक्रिया दिनुहोस्