काठमाडौँ, कात्तिक १० गते । ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने प्रतिष्ठित ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ।
यससँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुन सफल भएको छ। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा उक्त अवार्ड प्राप्त गरेको थियो, जसले नेपाली बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याएको छ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिहरूले ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई संयुक्त रूपमा उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

आयोजकका अनुसार वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँचको व्यापक विस्तार, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको हो।
सोही समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई समेत सम्मानित गरिएको थियो, जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसिबिसी, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको युओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयुएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरू विभिन्न विधामा सम्मानित भएका छन्।
लगातार तेस्रो पटक प्राप्त भएको यो अन्तर्राष्ट्रिय मान्यताले ग्लोबल आइएमई बैंकको सुशासन, बलियो वित्तीय आधार र सेवाको उच्च गुणस्तरलाई पुनः एकपटक पुष्टि गरेको छ।
| विवरण | तथ्य / जानकारी |
| सम्मानित संस्था | ग्लोबल आइएमई बैंक लिमिटेड |
| प्रदान गर्ने संस्था | ‘ग्लोबल फाइनान्स’ (अन्तर्राष्ट्रिय आर्थिक पत्रिका) |
| अवार्डको नाम | बेस्ट बैंक अवार्ड २०२६ (लगातार तेस्रो वर्ष सम्मानित, २०२४ र २०२५ मा पनि प्राप्त) |
| अवार्ड ग्रहण गर्नेहरू | सुमन पोखरेल र दीपचन्द्र रेग्मी (नायब प्रमुख कार्यकारी अधिकृतद्वय) |
| कार्यक्रम स्थल | बैंकक, थाइल्यान्ड |
| मुख्य आधारहरू | वित्तीय स्रोत परिचालन, डिजिटल पहुँच, एआईको प्रयोग, दिगो कर्जा र जोखिम व्यवस्थापन |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







प्रतिक्रिया दिनुहोस्