काठमाडौँ, कात्तिक ९ गते । वेबसाइट निर्माण गर्न प्रयोग गरिने लोकप्रिय प्रोग्रामिङ ल्याङ्वेज ‘पीएचपी’ (PHP) मा गम्भीर सुरक्षा त्रुटि फेला परेसँगै साइबर आक्रमणबाट जोगिन पूर्व-सावधानीस्वरूप ‘अफलाइन मोड’ मा राखिएका नेपाल सरकारका वेबसाइटहरू पुनः खुल्न थालेका छन्।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले आवश्यक सेक्युरिटी प्याच (सुरक्षा अपडेट) तथा अडिटको काम पूरा गरेर धेरैजसो सरकारी पोर्टलहरूलाई अनलाइन गराइसकेको जनाएको छ। यद्यपि, चिकित्सा शिक्षा आयोग र नागरिक एप लगायत केही छुट्टै भेन्डरमार्फत सञ्चालन हुने पोर्टल तथा एप्लिकेसनहरू भने अझै पूर्ण रूपमा खुलिसकेका छैनन्।
एसडीओसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण तिमिल्सिनाका अनुसार साझा वेब प्रणाली ‘जीआईडब्लूआईएमएस’ अन्तर्गतका हजारौँ सरकारी वेबसाइटहरूलाई सेन्ट्रल्ली प्याच गरी पुनः सुचारु गरिएको छ। विभिन्न कार्यालयले आफ्नै छुट्टै भेन्डर वा प्राविधिक टोलीमार्फत व्यवस्थापन गर्ने केही प्रणालीहरू पनि सञ्चालनमा आउने क्रममा रहेका र यसका लागि सम्वन्धित पक्षहरूसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए।
त्यस्तै, एकीकृत डेटा व्यवस्थापन केन्द्रका सूचना प्रविधि निर्देशक शिवजीकुमार गुप्ता रौनियारले पनि पीएचपीको सुरक्षा समस्या समाधान गरेर प्राप्त अनुरोधका आधारमा साइटहरू क्रमिक रूपमा लाइभ ल्याइएको बताएका छन्।
गत बुधबार पीएचपी प्रविधिमा ‘पीएचपी टु सेल’ नामक गम्भीर सुरक्षा त्रुटि रहेको विवरण सार्वजनिक भएको थियो। उक्त त्रुटिका कारण सम्भावित अनधिकृत पहुँच र ठूला किसिमका साइबर आक्रमणबाट सरकारी तथा बैंकिङ प्रणालीलाई जोगाउन ती वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका थिए। हाल प्राविधिक टोलीले समस्या समाधान गरी प्रणालीलाई सुरक्षित बनाएपछि सरकारी सेवा प्रवाहमा सहजता आउन थालेको छ।
| विवरण | तथ्य / जानकारी |
| समस्याको कारण | पीएचपी (PHP) मा ‘पीएचपी टु सेल’ नामक गम्भीर सुरक्षा त्रुटि फेला परेको |
| अपनाइएको पूर्वसावधानी | साइबर आक्रमणबाट जोगाउन सरकारी वेबसाइटहरू अस्थायी रूपमा ‘अफलाइन मोड’ मा राखिएको |
| समाधानको उपाय | सेक्युरिटी प्याच (सुरक्षा अपडेट) र प्राविधिक अडिट पूरा गरिएको |
| प्रमुख अधिकारीहरू | किरण तिमिल्सिना (सीईओ, एसडीओसी) र शिवजीकुमार गुप्ता रौनियार (सूचना प्रविधि निर्देशक) |
| हालको अवस्था | अधिकांश सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा आइसकेका, केही थप प्रणाली खुल्ने क्रममा |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







प्रतिक्रिया दिनुहोस्