काठमाडौँ, कात्तिक ७ गते । राजस्व अनुसन्धान विभागले आफ्नो भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणाली अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले प्रविधिमा गम्भीर कमजोरी औँल्याउँदै सुरक्षा एडभाइजरी जारी गरेपछि विभागले यो निर्णय लिएको हो। साइबर सुरक्षा केन्द्रले पीएचपी तथा सो सँग सम्बन्धित प्रविधिमा गम्भीर जोखिम देखिएको र त्यसको दुरुपयोग हुन सक्ने चेतावनी दिएपछि सोही प्रविधिमा आधारित भीसीटीएस सेवा हालका लागि रोकिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।
प्रणालीमा आवश्यक सुरक्षा अद्यावधिक (अपडेट) गरी पूर्ण रूपमा सुरक्षित भएपछि सेवा पुनः सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ। प्रणाली बन्द रहेको अवधिमा सेवाग्राही तथा करदाताहरूलाई समस्या नहोस् भनेर विभागले वैकल्पिक व्यवस्था गरेको छ। हाललाई नियमानुसार जारी भएका बिल-बिजक लगायतका सम्बन्धित कागजातहरू साथमा राखी सवारीसाधन सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ।
प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले यथाशीघ्र ढुवानीको भीसीटीएस नियमानुसार अनिवार्य रूपमा जारी गर्नुपर्नेछ। प्राविधिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै गरिएको यो अस्थायी बन्दले सम्भावित जोमिखहरू टार्न सहयोग पुग्ने विश्वास गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| संस्था | राजस्व अनुसन्धान विभाग |
| प्रभावित प्रणाली | भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) |
| निर्णयको कारण | राष्ट्रिय साइबर सुरक्षा केन्द्रको एडभाइजरी (पीएचपी प्रविधिमा सुरक्षा जोखिम) |
| वैकल्पिक व्यवस्था | कागजात (बिलबिजक) साथमा राखी सवारीसाधन सञ्चालन गर्न पाइने |
| पछिल्लो प्रक्रिया | सुरक्षा अद्यावधिक गरेपछि सेवा पुनः सञ्चालनमा ल्याइने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







