10/16/2026, 08:11:51
शुक्रबार, असोज ३०, २०८३

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक


काठमाडौँ, असोज ३० गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको नयाँ विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ८० पैसा र बिक्रीदर १५२ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

विदेशी मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (१) १५१.८० १५२.४०
युरोपियन युरो (१) १७०.२७ १७०.९५
युके पाउन्ड स्ट्रलिङ (१) २०१.३० २०२.१०
अस्ट्रेलियन डलर (१) १०४.९६ १०५.३८
कुवेती दिनार (१) ४९२.६२ ४९४.५६
भारतीय रुपियाँ (१००) १६०.०० १६०.१५

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।