10/15/2026, 12:01:42
बिहिबार, असोज २९, २०८३
*** नेपाली कांग्रेस १५औँ महाधिवेशन ***

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: केन्द्रीय कार्यसमितिको मतगणना आज रातिसम्म सम्पन्न हुने

सभापतिमा गगनकुमार थापा निर्वाचित; उपसभापति, महामन्त्री र सहमहामन्त्रीको परिणाम आइसक्यो, केन्द्रीय सदस्यहरूको मतपरिणाम रातिसम्म सार्वजनिक हुँदै।


काठमाडौँ, असोज २९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भइसक्ने जानकारी दिनुभएको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ। पार्टीको सभापति पदमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गरी विजयी भनुभएको छ भने उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो।

त्यसैगरी, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ।

हाल केन्द्रीय सदस्यतर्फ खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना जारी रहेको छ। खुला केन्द्रीय सदस्यका ४५ पदका लागि उम्मेदवारको सङ्ख्या धेरै भएका कारण र ठूलो सङ्ख्यामा मतपत्र गणना गर्नुपर्दा केही समय लागे पनि आज रातिसम्म सबै परिणाम आइसकेको समितिले जनाएको छ।

विवरण / पद निर्वाचित उम्मेदवार तथा स्थिति
सभापति गगनकुमार थापा (६,५८४ मत प्राप्त गरी विजयी)
उपसभापतिहरू चन्द्रकान्त भण्डारी, मधु आचार्य, विनोदकुमार चौधरी
महामन्त्रीहरू प्रदीप पौडेल, उदयशमशेर राणा, डिला संग्रौला
मतगणनाको अन्तिम चरण केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी (आज रातिसम्म सम्पन्न हुने)