काठमाडौँ, असोज २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोयन गर्ने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट लगायतका नेताहरूलाई केन्द्रीय सदस्यमा जिम्मेवारी दिने निर्णय गरेको हो।
यही असोज २२ गतेदेखि सुरु भएको बैठकले आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको छ। सो राष्ट्रिय भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ।
साथै, पार्टीको वडा कमिटी अधिवेशन आगामी मङ्सिर २६ गते र गाउँपालिका तथा नगरपालिकास्तरका अधिवेशनहरू पुस ४ गते गर्ने तालिका निर्धारण गरिएको छ। बैठकको सुरुमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।
बैठकले मधेस प्रदेशसभामा स्व. जैनब खातुनको निधनपछि रिक्त भएको समानुपातिकतर्फको स्थानमा नाजिमा खातुनलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी, जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ वटा जिल्लामा स्थानीय तहकै निर्णयबाट अध्यक्ष तोकी सङ्गठन कमिटीमा रूपान्तरण गर्न माथिल्लो कमिटीमा पठाउने निर्णय गरिएको छ।
बैठकका मुख्य निर्णयहरू
| विषय / क्षेत्र | प्रमुख निर्णय तथा विवरणहरू |
| केन्द्रीय सदस्य मनोनयन | सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पङ्गेनी, सीता अधिकारी, डा. पुष्पा केसी भण्डारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टङ्क आङ्बोहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी लगायतका नेताहरू। |
| राष्ट्रिय भेला र अधिवेशन |
• राष्ट्रिय भेला: आगामी मङ्सिर पहिलो साता • वडा अधिवेशन: मङ्सिर २६ गते • पालिका अधिवेशन: पुस ४ गते |
| विशेष शपथ ग्रहण | वरिष्ठ नेतामा मनोनीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पद तथा गोपनीयताको शपथ |
| अन्य निर्णयहरू |
• मधेस प्रदेशसभा समानुपातिकतर्फ नाजिमा खातुनलाई सिफारिस • रिक्त रहेका १३ जिल्लाको नेतृत्व स्थानीय तहको निर्णयबाट तोक्ने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








