धनगढी, असोज २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको नयाँ बजेट सार्वजनिक गरेको छ। यसअघि गत असार १ गते प्रस्तुत गरिएको बजेट असफल भएपछि प्रदेश सरकारले यसलाई परिमार्जन तथा संशोधन गर्दै दोस्रो पटक नयाँ बजेट प्रस्तुत गरेको हो।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आज बसेको प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गर्नुभएको हो। यस पटकको बजेटमा प्रदेश सरकारले पुँजीगत र चालु खर्चको शीर्षक छुट्ट्याई बिना बजेट सार्वजनिक गरेको जनाइएको छ।
बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड र नेपाल सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँटलाई मुख्य आधार बनाइएको छ। जसअनुसार राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९१ लाख र वित्तीय समानीकरण अनुदानबापत नौ अर्ब छ करोड ३३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ को बचत रकम नौ अर्ब ६५ करोड, सशर्त अनुदानतर्फ छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदान ३८ करोड ८० लाख र विशेष अनुदान ५२ करोड ७६ लाख रुपियाँ स्रोतका रूपमा रहने मन्त्री मल्लले जानकारी दिनुभएको छ।
सुदूरपश्चिम प्रदेश बजेट २०८२/८३ को मुख्य विवरण
| विषय / क्षेत्र | रकम (रुपियाँमा) / विवरण |
| कुल बजेटको आकार | ३७ अर्ब ७० करोड ३९ लाख |
| प्रस्तुतकर्ता | आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल |
| आन्तरिक राजस्व | १ अर्ब ७२ करोड |
| नेपाल सरकारबाट राजस्व बाँडफाँट | १० अर्ब २४ करोड ९१ लाख |
| वित्तीय समानीकरण अनुदान | ९ अर्ब ६ करोड ३३ लाख |
| गत वर्षको बचत रकम | ९ अर्ब ६५ करोड |
| सशर्त, समपूरक तथा विशेष अनुदान |
• सशर्त: ६ अर्ब ३५ करोड ५८ लाख • समपूरक: ३८ करोड ८० लाख • विशेष: ५२ करोड ७६ लाख |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








