सुदूरपश्चिम, कात्तिक १८ गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको अपिहिमालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव‘ सुरु भएको छ।
अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरेको यो उत्सव कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन भइरहेको छ। उत्सवको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अपिहिमालजस्ता अनुपम पर्यटकीय क्षेत्रको व्यवस्थित विकास र प्रवर्द्धनमार्फत आर्थिक गतिविधि बढाउनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
उत्सवले अपिहिमाल क्षेत्रको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठुलो सहयोग पुग्ने आयोजकको अपेक्षा छ। पर्यटन क्षेत्रलाई स्थानीय उत्पादन, कृषि, संस्कृति र रोजगारीसँग जोडेर स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने मुख्य उद्देश्य यस उत्सवको रहेको छ। कार्यक्रममा प्रदेश सभाका सभामुख भीम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्र मल्ल तथा कृषिमन्त्री दामोदर भण्डारी लगायतले सुदूरपश्चिमको समृद्धिका लागि पर्यटन पूर्वाधार, प्रचारप्रसार र स्थानीय उत्पादनको उपभोगलाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
अपिहिमाल क्षेत्र प्राकृतिक पर्यटनसँगै धार्मिक पर्यटनका दृष्टिले समेत अति महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेशसभा सदस्यहरू मानबहादुर धामी र विक्रम धामीले यसको विकासका लागि ठोस योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताएका छन्।
त्यस्तै, प्रदेश सरकारका प्रमुख सचिव उत्तर खत्री र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले पनि अपिहिमाललाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सबै पक्षको साझा प्रयास र सहकार्य अपरिहार्य रहेको औँल्याउनुभयो।
यस तीनदिने उत्सवले अपिहिमालको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै समग्र सुदूरपश्चिमको आर्थिक विकास, आय-आर्जन र पर्यटन प्रवर्द्धनमा नयाँ इँटा थप्ने विश्वास गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| कार्यक्रम | तीनदिने अपिहिमाल पर्यटन उत्सव |
| अवधि | कात्तिक १७ देखि १९ गतेसम्म |
| आयोजक | अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकार |
| प्रमुख उद्घाटनकर्ता | खगराज भट्ट (मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश) |
| मुख्य उद्देश्य | अपिहिमालको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जना |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








प्रतिक्रिया दिनुहोस्