काभ्रेपलाञ्चोक, मङ्सिर ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी विज्ञापन तथा सूचना प्रकाशन–वितरण प्रणालीलाई पारदर्शी, निष्पक्ष र समतामूलक बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा अनलाइन ‘मदानी बिट डटकम’ को तेस्रो वर्ष पूरा गरी चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारी विज्ञापन वितरणमा व्यक्तिगत सम्बन्ध, पहुँच र प्रभाव नभई सञ्चारमाध्यमको वास्तविक कार्यक्षमता, पाठक तथा दर्शकको पहुँच, भौगोलिक क्षेत्र, समाचारको प्रभावकारिता र नियमिततालाई आधार बनाउनुपर्ने जोड दिनुभयो ।
मुख्यमन्त्री थापाले ठूला सञ्चारमाध्यमले मात्रै सरकारी विज्ञापन पाउने र साना तथा स्थानीय सञ्चारमाध्यम अवसरबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी नीतिलाई थप पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक संशोधन तथा स्पष्ट मापदण्ड विकास गर्ने प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
प्रदेशभित्र सञ्चालित रेडियो, पत्र-पत्रिका र अनलाइन सञ्चारमाध्यमलाई समान अवसर दिँदै स्थानीय सञ्चारमाध्यमको क्षमता अभिवृद्धि र आर्थिक दिगोपनमा ध्यान दिनुपर्ने बताउँदै उहाँले पत्रकारितालाई केवल पेसाका रूपमा मात्र नभई सार्वजनिक हित र लोकतन्त्रको पहरेदारका रूपमा बुझ्नुपर्ने तथा समाचार सम्प्रेषणका क्रममा पत्रकारमाथि हुने धम्की, दबाब, दुर्व्यवहार र आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
यसैगरी पत्रकारको सुरक्षा र श्रम अधिकारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले न्यूनतम पारिश्रमिक, नियमित तलब, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षाको व्यवस्था सञ्चार संस्थाले जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| विज्ञापन वितरण र मापदण्ड | पहुँच/सम्बन्ध नभई कार्यक्षमता, दर्शक/पाठक पहुँच, भूगोल, प्रभावकारिता र नियमितताका आधारमा विज्ञापन वितरण; नीति संशोधन र स्पष्ट मापदण्ड प्रदेश सरकारको प्राथमिकता (मुख्यमन्त्री किरण थापा मगर) । |
| स्थानीय मिडिया र अवसर | साना तथा स्थानीय सञ्चारमाध्यमलाई अवसरबाट वञ्चित हुन नदिने; रेडियो, पत्रपत्रिका र अनलाइनलाई समान अवसर, क्षमता अभिवृद्धि र आर्थिक दिगोपनमा जोड (धुलिखेलमा ‘मदानी बिट डटकम’ को चौथो वार्षिकोत्सव) । |
| पत्रकार सुरक्षा र श्रम अधिकार | धम्की, दबाब, दुर्व्यवहार र आक्रमण अस्वीकार्य; न्यूनतम पारिश्रमिक, नियमित तलब, दुर्घटना तथा स्वास्थ्य बीमा र सामाजिक सुरक्षा लागू गर्न सञ्चार संस्थालाई आग्रह । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्