सिरहा, मङ्सिर ११ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सिरहाको उदयपुर र धनुषा जिल्लासँग जोडिएको सीमा जग्गा समस्या एक हप्तामा समाधान गर्ने गरी काम अघि बढाइएको बताउनुभएको छ ।
कर्जन्हा नगरपालिका–१ बल्टिया रतनपुरमा स्थानीयहरूसँगको अन्तरक्रियामा बोल्दै उहाँले कर्जन्हा वडा नम्बर १, धनगढीमाई नगरपालिका–१४ र लहान नगरपालिका–१६ को करिब दुई सय बिघा जग्गाको लगत तिर्न तथा खरिद–बिक्री गर्न धनुषा र उदयपुर धाउनुपर्ने स्थानीयवासीको समस्या एक हप्ताभित्रै टुङ्ग्याइने विश्वास दिलाउनुभयो ।
“सीमा समस्या र भूमिहीन सुकुम्वासीको समस्या समाधान चाँडै गर्ने छौँ, नीतिगत समस्या समाधान गरिसकेका छौँ, अब लालपुर्जा वितरण गरिने कार्यक्रम अघि बढ्छ,” मन्त्री रावलले भन्नुभयो ।
अन्तरक्रियाका क्रममा कर्जन्हा, धनगढीमाई र लहान नगरपालिकाका स्थानीयले उदयपुर र धनुषा जिल्लासँग जोडिएर भोगिरहेका समस्याबारे रास्वपा सिरहाले मन्त्री रावललाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री रावलले कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शान्तिराज प्रसाईलाई समस्या समाधानका लागि एक हप्ताको समय दिनुभएको छ भने जिल्ला मालपोत कार्यालय र पालिकाबाट तत्काल समाधान नभए मन्त्रालयबाटै समाधान गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| सीमा जग्गा र क्षेत्र | कर्जन्हा–१, धनगढीमाई–१४ र लहान–१६ को करिब दुई सय बिघा जग्गा; लगत तिर्न र खरिद–बिक्रीका लागि धनुषा/उदयपुर जानुपर्ने समस्या एक हप्तामा समाधान गर्ने प्रतिबद्धता (मन्त्री प्रतिभा रावल) । |
| सुकुम्वासी र लालपुर्जा | नीतिगत समस्या समाधान भइसकेको उल्लेख; सीमा समस्या र भूमिहीन सुकुम्वासी समस्या छिट्टै समाधान गरी लालपुर्जा वितरण कार्यक्रम अघि बढाइने । |
| प्रशासन र समन्वय | रास्वपा सिरहाद्वारा ज्ञापनपत्र बुझाइएको; प्रजिअ शान्तिराज प्रसाईलाई १ हप्ताको समय; मालपोत/पालिकाबाट नभए मन्त्रालयबाटै समाधान गर्ने आश्वासन । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















प्रतिक्रिया दिनुहोस्