वीरगञ्ज, कात्तिक ४ गते । क्यासिनोभित्र प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रा.लि.मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जिल्लाका रामचन्द्र साह, अच्छेलालप्रसाद, सुवासकुमार, सुनिल पटेल तथा रौतहटका सुमेश्वरनाथ प्रसाद रहेका छन्। पक्राउ परेकाहरूमाथि जुवा खेल्ने–खेलाएको आरोपमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








