हेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भएको बताएका छन्।
बडादसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले नेपालीबीच भाइचारा, सहिष्णुता र एकताको भावनालाई अझ बलियो बनाउने उल्लेख गरेका छन्।
यस वर्षको चाडपर्व मनाइरहँदा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडालाई स्मरण गर्नुपर्ने बताउँदै मुख्यमन्त्री थापा मगरले भोटेकोसी र बूढीगण्डकीको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






