10/20/2026, 12:39:56
मङ्गलबार, कार्तिक ०४, २०८३

पोर्चुगाली फुटबल संघद्वारा क्रिस्टियानो रोनाल्डोलाई एक महिनाको निलम्बन र जरिवाना

राष्ट्रिय टिम छाडेको आरोपमा पोर्चुगलका कप्तान रोनाल्डोमाथि कारबाही; डेनमार्कविरुद्धको खेलबाट लागू हुने गरी अक्टोबरको अन्त्यसम्म प्रतिबन्ध।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, कात्तिक ३ गते । पोर्चुगाली फुटबल संघले सोमबार स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई एक महिनाको निलम्बनको सजाय सुनाएको छ।

यूईएफए नेसन्स कप चलिरहेको बेला गत सेप्टेम्बर ३० मा बिना अनुमति राष्ट्रिय टिम छाडेको आरोपमा संघले यो कारबाही गरेको हो।

प्रशिक्षक जोर्गे जेससले आफूलाई खेलाउने वाचा पूरा नगरेको आरोप लगाउँदै रोनाल्डोले टिम छाडेका थिए। यद्यपि, उनले पछि माफी माग्दै जुनसुकै सजाय पनि स्वीकार्य हुने बताएका थिए। यस अनुशासनको कारबाहीस्वरूप उनलाई २ सय ८६ अमेरिकी डलर जरिवानासमेत तोकिएको छ।

सेप्टेम्बर २७ मा नर्वेविरुद्धको खेलयता बेन्चमै सीमित पारिएका रोनाल्डोमाथिको यो निलम्बन अक्टोबर १ को डेनमार्कविरुद्धको खेलबाट लागू भएको छ भने यो प्रतिबन्ध अक्टोबरको अन्त्यसम्म फुकुवा हुनेछ।