सुर्खेत, कात्तिक ३ गते । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका ९ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको छ, जसमध्ये ३ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको छ।
गम्भीर प्रकृतिका घाइते हेमन्त तिमल्सिनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको छ। दुर्घटनापछि गाडी चालक फरार रहेकाले खोजी कार्य भइरहेको र गाडीमा सवार अन्य १० जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


