काठमाडौँ, कात्तिक २ गते । दसैँ र तिहारको अवसरमा यातायात तथा आर्थिक अभावमा गुज्रिरहेका चेलीहरूलाई लक्षित गर्दै निःशुल्क यातायात सेवा सञ्चालन गरिने भएको छ। घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म मोटरसाइकलबाट निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले ‘दसैँ तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्न लागिएको हो।
अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैँका लागि आगामी मंगलबारदेखि कात्तिक ६ गतेसम्म र तिहारका लागि कात्तिक २४, २५ र २६ गतेसम्म यो सेवा उपलब्ध हुनेछ। कतिपय महिलाहरू साधन वा पैसाको अभावमा माइती जानबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै यो पहल गरिएको हो।

यस अभियान अन्तर्गत ३५ किलोमिटरसम्मको दूरीमा सेवा दिइनेछ भने ३५ जना युवाहरूले राइडरको भूमिका निर्वाह गर्नेछन्। अभियानलाई व्यवस्थित बनाउन अन्जना आचार्य, खियामा राई, निराजन ढकाल, अनिषा रम्तेल र प्रकाश विश्वकर्मा रहेको सचिवालयसमेत गठन गरिएको छ।
विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानबाट गत वर्ष ७ सय ५० र अघिल्लो वर्ष ५ सय जना चेलीहरूले लाभ उठाएका थिए।
| विवरण / पक्ष | मुख्य तथ्य तथा जानकारी |
| अभियानको नाम | ‘दसैँ तिहार, चेलीलाई उपहार’ |
| सेवाको प्रकार | मोटरसाइकलमार्फत घरदेखि माइती र माइतीदेखि घरसम्म निःशुल्क यातायात |
| सञ्चालन मितի | दसैँमा (मंगलबारदेखि कात्तिक ६ गतेसम्म) र तिहारमा (कात्तिक २४, २५ र २६ गते) |
| दूरी र राइडर | ३५ किलोमिटर दूरीसम्म सेवा; ३५ जना युवा राइडरहरू सहभागी |
| संयोजक | सञ्जयकुमार राई |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




