काठमाडौँ, कात्तिक ३ गते । स्पेसएक्स, टेस्ला र एक्सजस्ता प्रभावशाली कम्पनीका मालिक अर्बपति इलन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक–एक सेयर दिने घोषणा गरेका छन्।
सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एउटा सेयर प्रदान गर्ने जानकारी दिएका हुन्।
सीएनएनका अनुसार प्रविधि कम्पनीहरूले समाजमा पार्ने प्रभाव र एआई प्रविधिले सिर्जना गरेका जोखिमबारे चर्को बहस भइरहेका बेला मस्कको यो घोषणा आएको छ।
हाल अमेरिकामा १८ वर्षमुनिका करिब सात करोड ३० लाख बालबालिका रहेका छन् भने मस्कको घोषणाअनुसार यसको मूल्य करिब १० अर्ब ६६ करोड अमेरिकी डलर हुन आउँछ। यद्यपि, सेयर वितरणको प्रक्रिया कस्तो हुनेछ भन्नेबारे मस्कले हालसम्म स्पष्ट पारेका छैनन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





