10/20/2026, 12:39:55
मङ्गलबार, कार्तिक ०४, २०८३

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

क्यानद्वारा एनपीएलमा डिसीजन रिभ्यू सिस्टम (डीआरएस) भित्र्याउने औपचारिक घोषणा; थ्रीडी बल ट्र्याकिङ र एआईमा आधारित एज डिटेक्सन प्रविधि प्रयोग हुने।


काठमाडौँ, कात्तिक ३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो संस्करणमा पहिलोपटक डिसीजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी संस्करणमा डीआरएस प्रयोग गरिने आधिकारिक जानकारी दिएको हो।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लुको निर्णय पुनरावलोकनका लागि पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ भने रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू लिन सकिनेछ।

त्यस्तै, ब्याटमा बल लागेको वा नलागेको पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एज डिटेक्सन प्रविधि तथा हाइटका आधारमा वाइड बलको विश्लेषण, छक्काको दूरी र उचाइ मापनलगायतका आधुनिक प्रविधिहरू पनि प्रयोग हुनेछन्।