काठमाडौँ, कात्तिक ४ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै सभापति थापाले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनोस् भनी कामना गरेका हुन्।
सभापति थापाले यस वर्षको दसैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाइरहेको उल्लेख गर्दै आफ्नो घरआँगनको खुसीलाई मात्र सीमित नराखी दुःखमा परेका परिवारको पीडामा मलम लगाउन, खुसी बाँड्न र एकअर्काको सहारा बन्न सबैलाई अपिल गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







