काठमाडौँ, कात्तिक ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरिए युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति ट्रम्पले यदि युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ भन्ने अभिव्यक्ति दिएका हुन्।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण शिक्षा वा घरेलु नीति नभई आप्रवासन रहेको दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई आफ्नो देशको सीमा बन्द गर्न वर्षौंअघि नै सुझाव दिएको स्मरण गर्दै संस्कृति र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसहरूलाई प्रवेश दिँदा फ्रान्सले वर्तमान समस्या भोगिरहेको बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




