काठमाडौँ, कात्तिक ३ गते । काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३, १४ र १५ गते विशेष फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।
कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट शुभारम्भ हुने उक्त फेस्टिभलअन्तर्गत राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर र तारागाउँमा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन्।
दर्शकहरूका लागि फिल्म प्रदर्शन पूर्ण रूपमा निःशुल्क गरिएको भए पनि सिट रिजर्भका लागि निःशुल्क टिकट लिनुपर्ने व्यवस्था मिलाइएको छ।
फेस्टिभलको पहिलो दिन नयाँसडक–जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकमा ‘भिडियो च्यालेञ्ज’बाट छानिएको लघु चलचित्र र पुरानो चलचित्र ‘सिन्दूर’ खुला प्रदर्शन गरिनेछ।
तीन दिनसम्म चल्ने यो फेस्टिभलमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेसनल पानोरामाअन्तर्गत करिब ४० वटा चलचित्र प्रदर्शन गरिनेछन्। नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा ‘रेड कार्पेट’ कार्यक्रमसमेत आयोजना हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



