

काठमाडौँ, असोज २० गते । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी (एनएफसीए) को आयोजनामा हुन गइरहेको ‘काठमाडौं हरर् फिल्म फेस्टिभल‘ (KHFF) को दोस्रो संस्करणका लागि २६ वटा फिल्महरू छनोट भएका छन्। आगामी अक्टोबर ३० देखि नोभेम्बर १ सम्म काठमाडौँस्थित ‘रसियन हाउस‘ मा आयोजना हुने यस फेस्टिभलमा ८ वटा फिचर र १८ वटा सर्ट (छोटा) फिल्महरू प्रदर्शन गरिनेछन्।
अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त हरर्, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी र लोककथामा आधारित ५ नेपाली (निर्माण तथा सह-निर्माण) सहित २१ देशका उत्कृष्ट सिनेमाहरू फेस्टिभलका लागि चयन गरिएका हुन्। छनोटमा परेका फिचर फिल्महरूमा नेपाल-अस्ट्रेलियाको सह-निर्माणमा बनेको सुवर्ण पौडेलको ‘मोक्ष’ लगायत युके, सर्बिया, अमेरिका, क्यानडा, फ्रान्स र इरानका फिचर फिल्महरू रहेका छन्।
यस्तै सर्ट फिल्म विधातर्फ नेपालका चारवटा फिल्महरू—आकाश धिमालको ‘नार’, रक्षा थापाको ‘सिनर’, भिमसेन लामाको ‘लाखे’ र म्याक्सिम चेबोतारेभको ‘ए.एल.आई.सी.ई.’ (A.L.I.C.E.) परेका छन्। यसका साथै अमेरिका, इटाली, बेल्जियम, स्पेन, अर्जेन्टिना, जापान, ब्राजिल र दक्षिण कोरिया लगायतका देशका छोटा फिल्महरू पनि फेस्टिभलमा प्रदर्शनका लागि छानिएका छन्।
फेस्टिभल निर्देशक रसिक पाठकका अनुसार हरर् हाल सिनेमाको सबैभन्दा सिर्जनशील विधामध्ये एक हो, जसका माध्यमबाट निर्देशकहरूले लोककथा, मनोविज्ञान, समाज र पहिचानका विविध पक्षहरूलाई उजागर गरिरहेका छन्।
छनोटमा परेका प्रमुख फिल्महरू
| विधा (Category) | फिल्मको नाम (Film Title) | निर्देशक (Director) | देश (Country) |
| फिचर फिल्म | मोक्ष (Mokshya) | सुवर्ण पौडेल | अस्ट्रेलिया, नेपाल |
| फिचर फिल्म | एबान्डन्ड (Abandoned) | जोबी स्टिफन्स | युके (UK) |
| सर्ट फिल्म | नार (Naar) | आकाश धिमाल | नेपाल |
| सर्ट फिल्म | सिनर (Sinner) | रक्षा थापा | नेपाल |
| सर्ट फिल्म | लाखे (Lakhey) | भिमसेन लामा | नेपाल |
| सर्ट फिल्म | ए.एल.आई.सी.ई. (A.L.I.C.E.) | म्याक्सिम चेबोतारेभ | नेपाल |
| सर्ट फिल्म | द ओल्ड म्यान एन्ड द ग्रेभ | प्रभात गुरुङ | दक्षिण कोरिया |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































