काठमाडौँ, मङ्सिर ७ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत बढाउने तथा अनावश्यक नियन्त्रणमुखी र असान्दर्भिक अर्थसम्बन्धी कानुनको खारेजी तथा संशोधन अघि बढाइएको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन, आर्थिक सुधारको मार्गचित्र, २०८१ र आ.व. २०८३–८४ को बजेट वक्तव्य अनुसार कानुन परिमार्जन गर्न लागिएको स्पष्ट पार्नुभयो ।
मन्त्री गौतमका अनुसार प्रस्तावित विधेयकमार्फत प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन, २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० खारेज गर्न प्रस्ताव गरिएको छ ।
यसैगरी ती कानुन खारेजसँगै मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ संशोधन गर्ने प्रस्ताव गरिएको जानकारी दिँदै मन्त्री गौतमले अर्थतन्त्र चलायमान बनाउन आवश्यक थप सुझावमा छलफल गर्न सरकार खुला रहेको बताउनुभयो ।
उक्त छलफलका क्रममा बैठकमा सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै सांसदहरूले ध्यानाकर्षण गराएपछि अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| उद्देश्य र आधार | आर्थिक स्वतन्त्रता, लागत न्यूनीकरण र सुधारका लागि विधेयक; उच्चस्तरीय आर्थिक सुझाव आयोग, सुधार मार्गचित्र २०८१ र आव २०८३–८४ बजेटको आधार । |
| खारेज गरिने कानुन | प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन २०१३, मुद्रा चलनचल्ती ऐन २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट ऐन २०५२/नियमावली २०७० र वित्तीय मध्यस्थता ऐन २०५५ । |
| संशोधन र बैठक | मूअकर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०८२ संशोधन प्रस्ताव; मन्त्री अनुपस्थितिको ध्यानाकर्षणपछि सभापति डा. बुढाथोकीद्वारा १० मिनेट बैठक स्थगित । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्