11/23/2026, 15:33:47
सोमबार, मङि्सर ०८, २०८३

मुस्किल समयमा नेपाल–भारत एकअर्काको सहारा बन्दै आएका छन् : प्रधानमन्त्री मोदी

जनकपुर–अयोध्या रेल सेवा सुरु गर्ने घोषणा; ऊर्जा खपत, महाकाली पुल, ट्रेड कनेक्टिभिटी र युवा सीप विकासमा भारतको प्रतिबद्धता


काठमाडौँ, मङ्सिर ७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबिचको सम्बन्ध अटुट विश्वासमा आधारित भएकाले मुस्किल समयमा एकअर्काको सहारा बन्दै आएको बताउनुभएको छ ।

नयाँ दिल्लीमा आयोजित दुई देशबिचको सहयोग घोषणा कार्यक्रममा बोल्दै उहाँले नेपालबिना भारतका धाम र रामसमेत अधुरा रहेको उल्लेख गर्दै सन् २०२५ मा ३० करोड श्रद्धालुले अयोध्या दर्शन गरेको र ती श्रद्धालुको सहजताका लागि जनकपुर–अयोध्या रुटमा रेल सेवा सुरु गर्न लागिएको सार्वजनिक गर्नुभयो ।

प्रधानमन्त्री मोदीले उत्तराखण्ड र धार्चुला जोड्ने गरी महाकाली नदीमा पुल निर्माणलगायत सडक, रेल र बृहत् ट्रेड कनेक्टिभिटीमार्फत पहुँच र आवतजावत सहज बनाउने काम भइरहेको बताउनुभयो, जसले दुई देशबिचको आर्थिक वृद्धिमा योगदान पुग्ने उहाँको विश्वास छ ।

भारतमा विशाल ऊर्जा बजार र नेपालमा अपार जलस्रोत रहेकाले नेपालमा उत्पादित ऊर्जा भारतमा खपत गरिने जानकारी दिँदै प्रधानमन्त्री मोदीले नेपालको विकासमा भारत विगतदेखि नै सहभागी बन्दै आएको र आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली युवालाई भारतमा प्रविधि तथा औद्योगिक सीप र ज्ञान प्रदान गर्न सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री मोदीले समान लक्ष्य र योजनालाई दुवै देश मिलेर सफल बनाउने तथा भारत–नेपाल सम्बन्धलाई अमर बनाउने शुभकामना व्यक्त गर्नुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
धार्मिक र रेल घोषणा ‘नेपालबिना धाम र राम अधुरा’ रहेको उल्लेख; सन् २०२५ मा ३० करोड अयोध्या दर्शन; जनकपुर–अयोध्या रेल सेवा सुरु गर्ने घोषणा ।
कनेक्टिभिटी र ऊर्जा महाकाली नदी पुल (उत्तराखण्ड–धार्चुला), सडक/रेल र ट्रेड कनेक्टिभिटी; नेपालको ऊर्जा भारतमा खपत गर्ने प्रतिबद्धता ।
युवा सीप र सम्बन्ध नेपाली युवालाई प्रविधि र औद्योगिक सीप/ज्ञानमा सहयोग; समान लक्ष्य पूरा गर्दै सम्बन्ध अमर बनाउने जोड ।