काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।
भारतीय उद्योग परिसङ्घ (सिआइआई) ले होटल ताज प्यालेसमा आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’ लाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी भित्र्याउन तथा विद्यमान लगानी विस्तार गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री डा. वाग्लेले नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावनायुक्त गन्तव्य बनेको उल्लेख गर्दै लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको बताउनुभयो । उहाँले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ताको कानुनी सहजीकरणमा सरकारले विशेष पहल लिइरहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिनप्रसाद, सिआइआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनी लगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
भ्रमण दलमा सहभागी नेपाली उद्योगी व्यवसायीसहित करिब डेढ दर्जन भारतीय उद्योगी, व्यवसायी तथा प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा सहभागिता रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| लगानी आह्वान र क्षेत्र | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा नयाँदिल्लीमा सम्बोधन; सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीमा लगानी तथा विस्तारको आग्रह । |
| कानुनी सुधार र सहजीकरण | लगानीमैत्री कानुनी सुधार; लगानी सुरक्षा, प्रतिफल सुनिश्चितता र नाफा फिर्ता प्रक्रियामा सहजताका लागि विशेष पहल । |
| सहभागी र आयोजक | सिआइआईको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’; जितिनप्रसाद र डा. विक्रमजित सिंह साहनीसहित नेपाली तथा भारतीय व्यवसायी/सीईओको सहभागिता । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्