काठमाडौँ, मङ्सिर १ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व-कप्तान तथा पूर्व-खेलाडी पारस खड्का ‘क्यूजे मोटर नेपाल’ को ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त हुनुभएको छ।
एचएएमएस ग्रुप अन्तर्गतको अटोमोटिभ व्यावसायिक इकाई हाइली एडभान्स्ड मोटर्स प्रा.लि. (एचएएमएस) ले उहाँलाई ब्रान्ड एम्बेसडरमा आबद्ध गरेको हो। यससम्बन्धी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएसँगै खड्काले अब आधिकारिक रूपमा क्यूजे मोटरको प्रतिनिधित्व गर्नुहुनेछ। कम्पनीका अनुसार यो सहकार्यले नेपालमा क्यूजे मोटरको यात्रालाई थप सशक्त बनाउनुका साथै नेपाली बजारमा ब्रान्डको विश्वास र पहुँच बढाउन महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ।
सन् १९५५ मा गिली ग्रुपअन्तर्गत स्थापित अन्तर्राष्ट्रिय ख्याति प्राप्त क्यूजे मोटरले इन्जिनियरिङ, नवीन प्रविधि र गुणस्तरीय उत्पादनका लागि विश्वभर विशेष पहिचान बनाएको छ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि प्रतिक्रिया दिँदै पूर्वक्रिकेटर खड्काले जीवनको हरेक क्षेत्रमा विश्वास र विश्वसनीयता अति महत्त्वपूर्ण हुने बताउँदै क्यूजे मोटरसँग जोडिन पाउँदा र यसको आगामी यात्राको हिस्सा बन्न उत्साहित रहेको धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, एचएएमएस ग्रुपका अध्यक्ष आरएस भण्डारी र कार्यकारी निर्देशक समीर भण्डारीले पारस खड्काको प्रतिष्ठा, इमानदारी र प्रतिबद्धताले क्यूजे मोटरको गुणस्तर र विश्वसनीयताप्रतिको मूल्यमान्यतालाई उत्कृष्ट ढंगले प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
| विवरण | तथ्य / जानकारी |
| ब्रान्ड एम्बेसडर | पारस खड्का (पूर्वक्रिकेटर) |
| नियुक्त गर्ने कम्पनी | हाइली एडभान्स्ड मोटर्स प्रालि (एचएएमएस ग्रुप) |
| ब्रान्डको नाम | क्यूजे मोटर नेपाल (गिली ग्रुपअन्तर्गत सन् १९५५ मा स्थापित) |
| प्रमुख व्यक्तिको भनाइ | आरएस भण्डारी (अध्यक्ष) र समीर भण्डारी (कार्यकारी निर्देशक) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्