काठमाडौँ, मङ्सिर १ गते । प्रहरीले ललितपुरको सानेपाबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ नगद बरामद गरेको छ।
शंकास्पद आर्थिक कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सो रकम बरामद गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले स्रोत नखुलेको ठूलो परिमाणको रकम बरामद भएको विषयको पुष्टि गर्नुभएको छ।
प्रहरीका अनुसार ‘बा प्र १ ०२७ च २७६५’ नम्बरको भ्यानमा राखी नख्खु चोकतर्फ गइरहेको अवस्थामा उक्त सवारी साधनलाई रोकेर खान-तलासी गर्दा बोराभित्र विभिन्न दरका नेपाली नोटहरू फेला परेका थिए।
प्रहरीले अवैध रूपमा ओसार-पोसार गरिएको उक्त स्रोत नखुलेको रकमसहित पशुपतिनाथ पराग सप्लायर्सका मार्केटिङ कर्मचारी दीपक खड्का, गाडी चालक जयराम केसी र लोडर प्रज्वल रिजाललाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
पछिल्लो समय यसरी अवैध तथा स्रोत नखुलेको रकम ओसारेको घटना बढेसँगै सुरक्षा निकायले निगरानी तीव्र पारेको छ।
| विवरण | तथ्य / जानकारी |
| घटनास्थल | सानेपा, ललितपुर |
| बरामद रकम | रु. १ करोड ६७ लाख (स्रोत नखुलेको) |
| सञ्चालन गर्ने निकाय | उपत्यका अपराध अनुसन्धान कार्यालय |
| पक्राउ परेका व्यक्तिहरू | दीपक खड्का, जयराम केसी र प्रज्वल रिजाल |
| सवारी साधन | बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यान |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्