काठमाडौँ, मङ्सिर १ गते । कास्की जिल्ला अदालतले बहु-चर्चित पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी तथा हिनामिना गरेको अभियोगमा सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते नै उक्त फैसला गरेको हो भने हाल फैसलाको पूर्णपाठ आउन बाँकी रहेको छ।
फैसला अनुसार सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
यसैगरी, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ भने अन्य प्रतिवादीहरू निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र २६ लाख २३ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ।
यस प्रकरणमा कुल १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो माग दाबी गरिएको थियो। बचतकर्ताहरूले १५ जना विरुद्ध दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै अदालतले यो फैसला गरेको हो। मुख्य आरोपी नेपाली यसअघि नै बागलुङको इमेज सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा रहेका छन्।
| विवरण | तथ्य / जानकारी |
| फैسला गर्ने अदालत | कास्की जिल्ला अदालत (न्यायाधीश: चन्द्रप्रकाश तिवारी) |
| मुख्य दोषी तथा सजाय | देवकुमार नेपाली (तत्कालीन अध्यक्ष) – ८ वर्ष कैद र रु. १ करोड २६ लाख जरिवाना |
| अन्य दोषीहरू (सञ्चालक) | चित्रबहादुर भण्डारी र शक्ति किसान (जनही ७ वर्ष कैद, रु. १ करोड २६ लाख जरिवाना) |
| अन्य चार प्रतिवादी | निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङ (जनही ६ वर्ष कैद, रु. २६ लाख जरिवाना) |
| कुल बिगो माग | रु. १८ करोड ९६ लाख ५९ हजार |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्