काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल र भारतबिचको ऐतिहासिक, मैत्रीपूर्ण तथा बहु-आयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राखेको छ ।
आइतबार भारत प्रस्थान गरी सोमबार स्वदेश फर्किने कार्यसूची रहेको भ्रमणबारे रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
विज्ञप्ति अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ । भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको जनाइएको छ ।
३४ सदस्यीय भ्रमणदलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाहसहित उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेको रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री शाहले भ्रमणबारे पार्टी सभापति रवि लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराउनुभएको विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा सभापति लामिछानेले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्ध मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| रास्वपाको अपेक्षा | ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्ध सुदृढ भई विश्वास, सहकार्य र साझेदारी विस्तार हुने विश्वास । |
| भेटवार्ता र समझदारी | राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेट; द्विपक्षीय छलफल तथा केही विषयमा समझदारी तयारी । |
| भ्रमणदल र परामर्श | ३४ सदस्यीय टोलीमा वाग्ले, खनाल, व्यञ्जनकार, शाह र अधिकारीहरू; प्रस्थानअघि सभापति रवि लामिछानेसँग विस्तृत छलफल । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















प्रतिक्रिया दिनुहोस्