11/22/2026, 15:43:44
आइतबार, मङि्सर ०७, २०८३

प्रधानमन्त्री शाह ३४ सदस्यीय भ्रमणदलसहित भारत प्रस्थान, सोमबार साँझ स्वदेश फर्किने तालिका

आइतबार दिउँसो प्रस्थान र सोमबार साँझ स्वदेश फर्किने तालिका; कार्यवाहक प्रधानमन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङद्वारा विमानस्थलमा विदाइ

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भारत भ्रमणका लागि आइतबार दिउँसो प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाहसहित ३४ सदस्यीय भ्रमणदल भारत गएको र भ्रमण पूरा गरी टोली सोमबार साँझ नेपाल फर्किने कार्यसूची रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले विदाइ गर्नुभएको थियो । भ्रमणदलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह सहभागी हुनुहुन्छ ।

टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल तथा विभिन्न मन्त्रालयका सहसचिव, उपसचिव र सल्लाहकारहरू समेटिनुभएको छ ।

यसैगरी प्रधानमन्त्रीका निजी सचिवालय, सुरक्षा अधिकारी, सञ्चारकर्मी र परराष्ट्र मन्त्रालयका पदाधिकारीसहित कुल ३४ जनाको टोली भारत भ्रमणमा रहेको छ ।

  • प्रधानमन्त्री वालेन्द्र शाह 
  • स्वर्णिम वाग्ले, अर्थमन्त्री
  • शिशिर खनाल, परराष्ट्रमन्त्री
  • कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
  • असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
  • विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
  • गोविन्दबहादुर कार्की, मुख्यसचिव
  • अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सचिव
  • रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
  • सुवाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव
  • याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
  • जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
  • प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव
  • गहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव
  • कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल
  • लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता
  • अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव
  • सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
  • सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव
  • दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार संयोजक
  • ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाकी उपसचिव
  • विजयराज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
  • लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
  • दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत
  • मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत
  • लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट, प्रधानमन्त्रीका एडीसी
  • मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
  • प्रहरी नायब उपरीक्षक दिपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
  • विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
  • तारा हमाल ढुंगाना, संवाददाता, गोरखापत्र
  • कमलकुमार बस्नेत, संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
  • अशोककुमार बस्नेत, भिडियोग्राफर, नेपाल टेलिभिजन (एनटीभी)
  • प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
  • मेजर रोशन केसी, प्रधानमन्त्रीका एडीसी
  • मुकेश डंगोल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक

 

विषय / क्षेत्र मुख्य विवरण वा सार
भ्रमण तालिका आइतबार दिउँसो भारत प्रस्थान र सोमबार साँझ स्वदेश फिर्ती; प्रधानमन्त्री मोदीको निमन्त्रणामा राजकीय भ्रमण ।
विदाइ गर्ने व्यक्तित्व कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ तथा सांसद जगदीश खरेल ।
प्रमुख सहभागी स्वर्णिम वाग्ले, शिशिर खनाल, कुमार व्यञ्जनकार, असिम शाह, गोविन्दबहादुर कार्की, अमृतबहादुर राई, रुद्रसिंह तामाङ र याङ्की उक्याब ।
टोलीको आकार र संरचना कुल ३४ सदस्य; सल्लाहकार, सचिव/सहसचिव/उपसचिव, सुरक्षाकर्मी, सञ्चारकर्मी र कर्मचारीको सहभागिता ।